Logo

मूल्यबृद्धि दर १० प्रतिशतमा झर्यो, राष्ट्र बैंक भन्छ ‘बृद्धि दर घट्दो क्रममा छ’

मूल्यबृद्धि दर १० प्रतिशतमा झर्यो, राष्ट्र बैंक भन्छ ‘बृद्धि दर घट्दो क्रममा छ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । २०७३ वैशाख महिनामा उपभोक्ता मुद्रास्फीति अर्थात मूल्यबृद्धि दर १० प्रतिशतमा झरेको छ । बुधबार सार्वजनिक राष्ट्र बैंकको तथ्यांकले यस्ते देखाएको हो । २०७२ पुस महिनामा १२ दशमलव १ प्रतिशतको उच्चतम बिन्दुमा पुगेको मूल्यबृद्धि दर त्यसपछिका महिनाहरूमा क्रमिक रूपमा घट्दो क्रममा रहेको थियो ।

घर भाडा तथा शिक्षा सम्बन्धी खर्चमा वृद्धि हुन गएकोले उपभोक्ता मुद्रास्फीति पुनः केही बढ्न गएको बताइएको छ । ‘दक्षिणी सीमाका भन्सार नाकाहरूको अवरोध सहज भई इन्धन लगायत उपभोग्य वस्तुहरूको आपूर्ति सामान्यीकरण हँुदै गएपनि घर भाडा तथा शिक्षाको खर्च बढेकोले मूल्यबृद्धि द्धर बढेको हो ’ तथ्यांकमा भनिएको छ ।

वार्षिक बिन्दुगत आधारमा २०७३ वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङक वृद्धिदर ९ दशमलव ६ प्रतिशत रहेको छ । त्यस्तै गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १० दशमलव ४ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा दलहन तथा गेडागुडीको मूल्य सबैभन्दा बढी २३ दशमलव ४ प्रतिशत र तरकारीको मूल्य २० प्रतिशतले बढेको छ ।
त्यसैगरी, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६ प्रतिशत र १५ दशमलव ९ प्रतिशतले वृद्धि भएको छ ।
क्षेत्रगत आधारमा विश्लेषण गर्दा समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ११ दशमलव ५ प्रतिशत, पहाडमा ११ प्रतिशत, हिमालमा ९ प्रतिशत र तराईमा ८ दशमलव ६ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा मूल्य वृद्धिदर काठमाडौं उपत्यकामा ६ दशमलव८ प्रतिशत, पहाडमा ७ दशमलव ७ प्रतिशत र तराईमा ६ दशमलव ९ प्रतिशत रहेको थियो

प्रतिक्रिया दिनुहोस्