Logo

सुनचाँदीको मूल्य उकालो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य उकालो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आईतबार सुन र चाँदी दुवैको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ पुगेको हो ।

शुक्रबार यता सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको हो । यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ ।

महासंघका अनुसार गत शुक्रबार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले बढ्दै प्रतितोला १३ सय ७० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL