Logo

चालु आवमा आयात र निर्यात दुवै घट्यो, व्यापार घाटा रु. ५ खर्व ४३ अर्वमा सीमित

चालु आवमा आयात र निर्यात दुवै घट्यो, व्यापार घाटा रु. ५ खर्व ४३ अर्वमा सीमित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष २०७२/७३ को दश महिनामा आयात र निर्यात दुवैमा कमी आएको छ ।  सो अवधिमा कुल वस्तु निर्यात २१ दशमलव ७ प्रतिशतले घटेको छ । सो अवधिमा नेपालको निर्यात रु. ५५ अर्ब ६० करोडमा सीमित भएको राष्ट्र बैंकद्धारा सार्वजनिक प्रतिवेदनमा उल्लेख छ ।

तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ५ दशमलव ५ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा भारततर्फ ३३ दशमलव ४ प्रतिशत र चीनतर्फ ३५ दशमलव ६ प्रतिशतले गिरावट आएको छ । यता अन्य मुलुकतर्फ भने निर्यात ४ दशमलव १ प्रतिशतले बढेको बताइएको छ ।

भारततर्पm जिङ्क शीट, जि.आई. पाइप, जुस, पोलिष्टर यार्न लगायतका वस्तुहरू र चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाक लगायतका वस्तुहरूहरूको निर्यात घटेको छ । अन्य मुलुकतर्पm ऊनी गलैंचा, तयारी पोसाक, पश्मिना, चिया लगायतका वस्तुहरूको निर्यात भने बढेको तथ्यांकले देखाएको छ । त्यस्तै समीक्षा अवधिमा कुल वस्तु आयात ४ दशमलव ६ प्रतिशतले घटको तथ्यांक छ । सो अवधिमा ५ सय ९९ अर्ब ३६ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८ दशमलव १ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा चीनबाट भएको आयात ९ दशमलव ५ प्रतिशतले बढेको छ भने भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः ७ दशमलव ८ प्रतिशत र ४ दशमलव १ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा रासायनिक मल, दूरसञ्चारका उपकरण तथा पाटर््स, तयारी पोसाक लगायतका वस्तुको आयात बढेको कारण चीनबाट भएको आयात बढेको देखिन्छ ।

यता पेट्रोलियम पदार्थ, एमएस.विलेट, रासायनिक मल, हटरोल्ड सिट ईन क्वायल लगायतका वस्तुहरूको आयात घटेको कारण भारतबाट र चाँदी, हवाईजहाजका पार्टपूर्जा, खाने तेललगायतका वस्तुहरूको आयात घटेको छ ।

भन्सार नाकाका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाका र सुख्खा वन्दरगाह भन्सार नाका, वीरगञ्ज नाकाबाट भएको निर्यातमा वृद्धि भए तापनि अन्य भन्सार नाकाहरूबाट भएको निर्यातमा कमी आएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्ज भन्सार नाकाबाट हुने आयातमा कमी आएको तथ्यांकले देखाएको छ । यता अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा २ दशमलव४ प्रतिशतले घटी रु. ५ सय४३ अर्ब ७६ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १० दशमलव १ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव ३ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्