Logo

अनलाइन सपिङको ठगी रोक्न सरकारको कदम : डोमेन निशुल्क दिने, कानुनी दायरामा रहेर व्यापार गर्न सहज

अनलाइन सपिङको ठगी रोक्न सरकारको कदम : डोमेन निशुल्क दिने, कानुनी दायरामा रहेर व्यापार गर्न सहज



काठमाडौं । नेपाल सरकारले अब निशुल्क डोमेन दिने भएको छ । कानूनमन्त्री धनराज गुरुङले सो कुराको जानकारी दिएका हुन् । निशुल्क डोमेन लिन इच्छुकहरुले जततउकस्ररचभनष्कतभच।अयm।लउ मा गएर नेपाल सरकारले प्रदान गर्ने फ्री डोमेन डोमेन माग गर्न सक्नेछन् । आफ्नो डकुमेन्टका साथ कभर लेटरमा डोमेन माग गरे डोमेन निशुल्क उपलब्ध हुने मन्त्री गुरुङले जानकारी दिएका हुन् ।

विभिन्न ब्यक्तिहरुले सामाजिक संजालमार्फत अनलाइन सपिङको नाममा ग्राहकलाई ठगी गरेको गुनासो धेरै आएको जनाउँदै सोको नियन्त्रणका लागि यो कदम चालिएको मन्त्री गुरुले उल्लेख गरेका छन् ‘विभिन्न ब्यक्तिहरुले सामाजिक संजालमर्मत अनलाइन सपिङको नाममा ग्राहकलाई ठगी गरेको गुनासो धेरै आयो ।

सामाजिक संजालबाटै किनबेच गर्दा आम सेवाग्राही फ्रडको सिकार भए र आइटीको युगमा जनताप्रति अनलाइन सपिङको भरोसा घटेको देखियो र गैरकानुनीरुपमा जनता झुक्याएर सेवाग्रही ठगीको सिकार नहुन भन्दै यो कदम चालिएको हो ।’

यो नियमले असली ब्यापारीलाई पनि धेरै फाइदा पुग्ने आशा गरेको जनाउँदै मन्त्री गुरुङले सरकारद्वारा प्रदान गरिने फ्रि डट एनपी डोमेनको प्रयोग गरेर आफ्नो व्यापार कानुनी दायरामा बसेर बढाउन सजिलो हुने उल्लेख गरेका छन् ।

https://register.com.np/login

प्रतिक्रिया दिनुहोस्
MBL