Logo

नारायणगढ मुग्लिन सडकखण्डको पहिरो पन्छाईयो, ३० घण्टापछि संचालन भए सवारीसाधन

नारायणगढ मुग्लिन सडकखण्डको पहिरो पन्छाईयो, ३० घण्टापछि संचालन भए सवारीसाधन



काठमाडौं । बिहीबार मध्यान्हबाट अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक खण्ड ३० घण्टापछि संचालनमा आएको छ । बिहीबार दिउँसो १ बजे सुक्खा पहिरो खसेपछि अवरुद्ध भएको सडक केहीबेर अघिबाट सञ्चालनमा आएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेलका अनुसार आज बिहान ८ः३० बजेदेखि दुवै तर्फबाट पहिरो पन्छाउने काम भएको थियो।बेलाबेलामा माथिबाट ढुङ्गा खसेर काममा अवरोध पुगे पनि सजगता अपनाउँदै काम गरेर सडक खोलिएको हो।

प्रतिक्रिया दिनुहोस्
MBL