Logo

कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार, पाएन विश्वासको मत

कोशी प्रदेशमा ढल्यो एमाले नेतृत्वको सरकार, पाएन विश्वासको मत



काठमाडौं । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभामा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बहुमत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको हो । उनले सरकार टिकाउन विश्वासको मत लिने प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो ।

कोशी प्रदेश सभामा ९३ सदस्य छन् । तिमध्ये सरकार टिकाउन ४७ मत भए बहुमत हुन्छ । तर मुख्यमन्त्री कार्कीले एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत मात्रै पाएका थिए । उनको विपक्षमा भने ४३ मत परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL