Logo

पुनःनिर्माणका लागि प्राधिकरण र घरधनीवीच सम्झौता,१ लाख घरधनी लाभान्वित हुने

पुनःनिर्माणका लागि प्राधिकरण र घरधनीवीच सम्झौता,१ लाख घरधनी लाभान्वित हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १ लाख २ सय ७२ घरधनीसँग अनुदान सम्झौता गरेको छ । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घरधनी र गाउँ विकास समितिका सचिवबीच अनुदान सम्झौता भएको प्राधिकरणले जानकारी दिएको छ ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार २०७३ साल जेठ ३२ गतेसम्म गोरखामा १७ हजार ६ सय ६८, धादिङमा ४ हजार ८सय२४, नुवाकोटमा १ हजार ५सय ८८, रसुवामा १ हजार १ सय र सिन्धुपाल्चोक ६ हजार ६ सय६० घरधनीसँग अनुदान सम्झौता भएको छ ।

यस्तै काभ्रेमा १ हजार ४ सय ७५, दोलखामा १६ हजार २सय , रामेछापमा ३५ हजार ३ सय ८० घरधनीसँग अनुदान सम्झौता भएको छ । ओखलढुङ्गामा १४ हजार २०२, सिन्धुलीमा एक हजार १०० र मकवानपुर जिल्लामा ७५ घरधनीसँग अनुदान सम्झौता भएको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्