Logo

आइसिटी स्टार्टअप अवार्डमा १० कम्पनी छानिए, उत्कृष्ट ४ का लागि अनलाइन भोटिङ सुरु

आइसिटी स्टार्टअप अवार्डमा १० कम्पनी छानिए, उत्कृष्ट ४ का लागि अनलाइन भोटिङ सुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले आयोजना गरेको ‘आइसिटी स्टार्टअप अवार्ड २०१६’ को अन्तिम चरणमा १० कम्पनी छानिएका छन् । आइतबार उद्यमी घर बानेश्वरमा आयोजित १५ कम्पनीहरुको प्रेजेन्टेशन र अन्तवार्तापछि निर्णायक मण्डलले उत्कृष्ट १० कम्पनी छानेको हो ।

आइसिटी स्टार्टअप अवार्डमा उत्कृष्ट १० कम्पनीहरुमा एमिनेन्स वेज, गुर्खा टेक प्रालि, आइटेक नेपाल प्रालि, कुल टेक्नो ल्याब, फुन्का टेक्नोलोजिज, सस्तो डिल प्रालि, स्मार्ट समाज, ह्वाइट स्पेस प्रालि र यल्लो नेपाल रहेका छन् ।

असार ८ गते आयोजना हुने लिभिङ विथ आइसिटीको चौथो वाषिर्कोत्सवको अवसरमा उत्कृष्ट ४ कम्पनी घोषणा गरिनेछ । यसका लागि निर्णायक मण्डलका तर्फबाट प्राप्त अंकका अतिरिक्त अनलाइन र एसएमएस मतलाई समेत आधार मानिने आयोजकले जानकारी दिएको छ ।

उत्कृष्ट ४ छान्नको लागि अनलाइन तथा एसएमएस भोटिङको सोमबार बेलुकीदेखि खुल्ला गरिएको छ छ । अनलाइन तथा एसएमएस भोटिङको समयावधी ३ दिनको रहने आयोजकले जानकारी गराएको छ ।

भोटिङ परिणामलाइ समेत आधार मानी असार ८ गते आयोजना हुने विशेष कार्यक्रममा उत्कृष्ट ४ को घोषणा गरिने निर्णायक समुहका संयोजक सुशील पोखरेलले जानकारी दिए ।

यसैबीच उत्कृष्ट १० मा पर्न सफल कम्पनीहरुले मंगलबारदेखि अनलाइन र एसएमएस भोट माग्न सक्ने छन् । मन्त्र आइडियाजका संस्थापक अशोक बस्नेतले नेपालमै पहिलो पटक लिभिङ विथ आइसिटीले स्टार्टअपलाई सम्मान गर्ने कार्यक्रम राखेकोमा धन्यवाद दिदै आफ्नो कम्पनी उत्कृष्ट १० मा अटाएको खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्