Logo

मैले सरकारको नेतृत्व सम्हालेपछि देशको अर्थतन्त्र जागेको छ : प्रधानमन्त्री प्रचण्ड

मैले सरकारको नेतृत्व सम्हालेपछि देशको अर्थतन्त्र जागेको छ : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकारको नेतृत्व सम्हालेपछि देशको अर्थतन्त्र सुधारिँदै गएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठक आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले उनले आफूले सरकारको नेतृत्वमा सम्हाल्दा देशको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन लागेको भाष्य सृजना गरिए पनि त्यसो हुन नदिएको बताए । अहिले देशको अर्थतन्त्र सकारात्मकतर्फ जागेको उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डका अनुसार देशका सबै आर्थिक सूचकहरु सकारात्मक दिशातर्फ अगाडि बढेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको दाबी गरेका छन् । साथै उनले यस्ता विकृति विरुद्धको लडाइँ यतिमै नरोकिने बताएका छन् ।

प्रधानमन्त्री कार्यालयको बजेटमाथि सांसदहरुले उठाएको प्रश्नहरुको बुधबार संसदमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले व्यवस्थाप्रति जनतामा जगाएको भरोसा नै सरकारको सबभन्दा ठूलो उपलब्धि भएको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा जनतामा राज्य र सरकारप्रति जुन निराशा, असन्तोष र आवेग थियो, त्यसमा अहिले सुधार भएको दावी गरे ।

हाइ प्रोफाइल व्यक्तिहरु कानुनभन्दा माथि छन् भन्ने आम मनोविज्ञान बनेका बेला नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले इतिहासकै ठूलो कारबाही गरेको उनले बताए । यसले कानुनको मात्र होइन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको उनले बताए । ‘उच्च पदस्थहरु र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने मान्यता गलत प्रमाणित हुँदै गएको छ’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’

यो शुद्धीकरण यत्तिमा नरोकिने र निरन्तर अगाडि बढ्ने भन्दै उनले भने, ‘हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवासका अभियुक्तहरु पक्राउ पर्न थालेका छन् । मिटर ब्याजी र सहकारीका ठगहरुमाथि करबाही सुरु भइसकेको छ ।’ वर्षौंदेखि थुप्रिएको विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा आफूलाई संसद र आम जनताको समर्थन चाहिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्