Logo

सुनको भाउ प्रतितोला छ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउ प्रतितोला छ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौ । नेपाली बजारमा बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला छ सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्