Logo

आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आजपनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौ । नेपाली बजारमा सोमबार पनि सुनको भाउ उकालो लागेको छ। सोमबार सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। आइतबार पनि तोलामा १५ रुपैयाँले बढेर चाँदी १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL