Logo

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ३६ करोडको बजेट

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ३६ करोडको बजेट



काठमाडौं । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २ अर्ब ३६ करोड ५४ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपमहानगरपालिकाको १३औँ नगरसभामा आज उपप्रमुख सावित्रादेवी अर्यालले प्रस्तुत गरेको बजेटमा सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण ३० करोड १७ लाख, ससर्त अनुदान ४७ करोड ९२ लाख, समपूरक अनुदान ८० लाख र विशेष अनुदान २ करोड रुपैयाँ रहने अनुमान गरिएको छ ।

यस्तै, प्रदेश सरकारबाट प्राप्त हुने समानीकरण अनुदान २ करोड ३१ लाख ६९ हजार, ससर्त अनुदान २ करोड ९ लाख ५० हजार र समपूरक अनुदान २ करोड अनुमान रहेको छ । राजस्व बाँडफाँटबाट प्राप्त हुन अनुदान ३१ करोड ८५ लाख ३१ हजार र आन्तरिक आयतर्फ ९१ करोड राजस्व सङ्कलन हुने र गत आर्थिक वर्षको अघिल्लो वर्षको बाँकी (अल्या) २६ करोड ३८ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL