Logo

साहसिक पर्यटन गाइड तालीम सुरु, नेपाललाई साहसिक गन्तव्यको रुपमा विकास गर्ने

साहसिक पर्यटन गाइड तालीम सुरु, नेपाललाई साहसिक गन्तव्यको रुपमा विकास गर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं ।  सामर्थ्य, ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र एड्भेन्चर ट्राभल ट्रेड एसोसियसन (आट्टा) अमेरिकाको संयुक्त आयोजनामा ८ दिने साहसिक पर्यटन गाइड तालीम सुरु भएको छ ।

तालिम टानको केन्द्रीय कार्यालय मालिगाउँमा शुरु भएको हो । नेपाललाई साहसिक पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी तालीम सञ्चालन गरेको टानका महासचिव कर्ण लामाले बताए । नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उनको भनाई छ ।

तालिम कार्यक्रममा साहसिक पर्यटन, सुरक्षा र जोखिम, समुह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा विज्ञ विदेशी प्रशिक्षकहरुबाट तालिम प्रदान गरिने बताइएको छ ।

प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक तालीमको लागि शिवपुरी राष्ट्रिय निकुञ्जमा लगेर आवासिय तालीमको समेत प्रबन्ध गरिएको टानका तालिम संयोजक शितल चन्द्र धरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्