Logo

नेशनल लाईफको बृहत अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न, ७०० जना अभिकर्ता सम्मानित

नेशनल लाईफको बृहत अभिकर्ता तालिम तथा सम्मान कार्यक्रम सम्पन्न, ७०० जना अभिकर्ता सम्मानित



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले शनिबार दमक झापा स्थित कस्मिक पार्टि प्यालेसमा प्रि एमडिआटी सम्मान तथा बृहद अभिकर्ता तालिम कार्यक्रम सम्पन्न गरेका हो ।

‘रन फर इन्कम चेज योर एमडिआरटी’ भन्ने नाराका साथ कम्पनीको कोशी प्रदेशमा रहेका शाखा कार्यालयहरुसँग आवद्ध भई बीमा व्यवसाय गर्दै आईरहेका अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गराई एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले सम्पन्न गरिएको सो कार्यक्रमको प्रमुख अतिथि एवं प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गरी शुभारम्भ गरेका थिए ।

सो अवसरमा उपस्थित करिब ७०० जना अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यका साथ चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक विजय कुमार झा ले तालिम प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL