Logo

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, आकाशबाटै काठमाडौं फिर्ता

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या, आकाशबाटै काठमाडौं फिर्ता



काठमाडौं । धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या आएको छ । आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि काठमाडौंमै अवतरण भएको हो।

विमानस्थलकाका अनुसार जहाज आइतबार बिहान ७ : ५० बजे उडेको थियो। तर जहाजमा प्रेसराइजेशनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता भएको छ । त्यसपछि ८ : २० मिनेटमा काठमाडौं विमानस्थलमा अवतरण गरेको हो। जहाजमा ७९ जना यात्रु थिए।

प्रतिक्रिया दिनुहोस्
MBL