Logo

गभर्नर नेपालको हस्ताक्षरको नोट बजारमा, १ सयको नोटमा अव दुई ओटा गैँडा

गभर्नर नेपालको हस्ताक्षरको नोट बजारमा, १ सयको नोटमा अव दुई ओटा गैँडा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नयाँ गभर्नर चिरन्जीवी नेपालको हस्ताक्षर सहितको नयाँ नोट बजारमा आएको छ । बजारमा आएको १ सयको नोट नेपालको हस्ताक्षरसहितको पहिलो नोट हो ।
एक सयको नोटमा अव दुई ओटा गैँडाको चित्र हुनेछ । हालसम्म १ सयको नोटको पछाडिको भागमा एउटा गैँडा रहने गरेकोमा आजदेखि बजारमा आएको नयाँ नोटमा दुई वटा गैँडा हुनेछ।

नेपाल राष्ट्र बैँकले सोमवार सार्वजनिक गरेको सूचना अनुसार आजैदेखि बजारमा आउने सय रुपैयाँको नोटमा अब माउ गैँडा र बच्चा गैँडा पनि सँगै रहनेछ । त्यसैगरी अशोक स्तम्भको चित्रसँगै दृष्टिविहीनहरुलाई नोट पहिचानको लागि छामेर थाहा पाउने एउटा कालो थोप्ला रहेको राखिएको छ । नोटको पानी छापमा पहिले जस्तै लालिगुँरासको फोटो राखिएको छ । फिट मेडल फिचरमा भने मायादेवीको चित्र राखिएको छ। नोटको बोर्डरमा नेपालीमा वि.सं. २०७२ र अङ्ग्रेजीमा २०१५ एडी लेखिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL