Logo

विमानस्थल सौन्दर्यीकरण कार्यक्रम निरन्तर, के के भए तीन महिनामा ?

विमानस्थल सौन्दर्यीकरण कार्यक्रम निरन्तर, के के भए तीन महिनामा ?



काठमाडौं । पछिल्लो समय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सौन्दर्यीकरणको काम धमाधम भईरहेको । गत चैतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले विमानस्थलमा परिणाममै देखिने गरी सुधारका काम गर्न निर्देशन दिएका थिए । सोही अनुसार विमानस्थल कार्यालयले हालसम्म विमानस्थल बाहिर र विमानस्थल क्षेत्रमै विभिन्न सुधारका काम गरेको हो ।

यस अवधिमा कार्यालयले विमानस्थल परिसर सरसफाईमा विशेष जोड, कर्मचारीको सक्रियतामा जोड, ट्रली थप्नेलगायतका कार्यहरु गरेको छ । यस्तै विमानस्थलमा हुने चोरी र ब्यागेज तोडफोड नियन्त्रण गर्न कर्मचारीलाई खल्तीबिनाको पोशाकको व्यवस्था, गो प्रोद्वारा नियमन, र सुपरभाईजरकोसमेत व्यवस्था गरिएको बताईएको छ । यसले चोरीको गुनासोमा कमी आएकोसमेत विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

यस्तै विमानस्थल कार्यालयले विमानस्थलको गेटबाट तिलगंगा आँखा अस्पतालसम्मको सडकको दायाँबायाँ हरियालीसहितको स्तरोन्नती कार्यका लागि ठेक्का लगाएर काम अघि बढाएकोसमेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्