Logo

हिमालय एअरलाइन्सद्वारा काठमाडौं–बेइजिङ काठमाडौंको नियमित उडान सुरु

हिमालय एअरलाइन्सद्वारा काठमाडौं–बेइजिङ काठमाडौंको नियमित उडान सुरु



काठमाडौं । हिमालय एअरलाइन्स्ले काठमाडौं र बेइजिङबीचको नियमित उडान सञ्चालन गर्ने भएको छ । यस नयाँ सेवाले बेइजिङ र काठमाडौं घुम्न चाहने यात्रुहरूलाई सहज र प्रभावकारी यात्रा विकल्प प्रदान गर्ने छ । यस रुटको उडान पुनः सुचारु हुँदा नेपालको पर्यटन र व्यापारमा टेवा पुग्ने एअरलाइन्सको विश्वास रहेको छ ।

काठमाडौं–बेइजिङ–काठमाडौं रुट जुन २४, २०२३ देखि हरेक शनिबार सञ्चालनमा आएको छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एअरलाइन्स्को पहिलो उडानबाट बेइजिङको यात्रा गरे । उनको उपस्थिति नेपाल सरकारको दुवै क्षेत्रको सुधार र पर्यटन विकासतर्फ गहिरो ध्यानाकर्षणको प्रतीक पनि हो । यात्रुहरूले हिमालय एअरलाइन्समा हिमालयन आतिथ्यताको अनुभव गर्दै यस रुटमा यात्रा गर्न सक्नेछन् ।

एअरलाइन्स्को पहिलो उडान, एच नाइन ६६५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट स्थानिय समय अनुसार बिहानको ७ बजेर ४० मिनेटमा प्रस्थान गरेको छ र बेइजिङ डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थल, बेइजिङमा दिउँसो २ बजेर १५ मिनेटमा अवतरण हुने छ । उडानको अवधि ४ घण्टा ४५ मिनेटको रहने छ । साथै बेइजिङबाट फर्कने उडान, एच नाइन ६६६, स्थानिय समय अनुसार दिउँसोे ३ बजेर २५ मिनेटमा प्रस्थान गर्ने तालिका रहेको छ जुन बेलुका ६ बजेर ३० मिनेटमा काठमाडौंमा अवतरण हुने छ । हिमालय एअरलाइन्स्ले सुरक्षित, भरपर्दो र आरामदायी हवाई यात्रा प्रदान गर्दै आएको छ र काठमाडौं–बेइजिङ–काठमाडौं रुटद्वारा एअरलाइन्स्ले आफ्नो सञ्जाल विस्तार गर्दै प्रमुख गन्तव्यहरूबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

“काठमाडौं र बेइजिङ बीचको निर्धारित उडान सुरु गर्न पाउँदा हामी हर्षित छाँै । यस क्षेत्रका दुई प्राचीन राजधानीहरूलाई जोड्न र साथै दुई देशबीचको पर्यटन विकासलाई पुनर्जीवित गर्न समेत यसले प्रभावकारी भूमिका निर्वाह गर्ने हुँदा कोभिड–१९ को महामारी पछि यस रुटमा उडानहरू पुनः सुचारु हुनु महत्वपूर्र्ण छ ।ं”, एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले बताए । यस नयाँ रुटले अन्तर्राष्ट्रिय बजारमा हाम्रो उपस्थितिलाई बलियो बनाउने मात्र होइन, व्यवसायिक र फुर्सदका यात्रुहरू दुवैका लागि सहज यात्राको विकल्प पनि उपलब्ध गराएको छ,” उनले थपे । यात्रुहरूले हिमालय एयरलाइन्स्को टिकटिङ्ग काउन्टरबाट काठमाडौं–बेइजिङ–काठमाडौं उडानको टिकट बुकिङ गर्न सक्नेछन् ।

हिमालय एअरलाइन्स प्रालिको बारेमा

हिमालय एअरलाइन्स् नेपाल–चीन बीचको संयुक्त साझेदारी कम्पनीका रूपमा स्थापित अन्तर्राष्ट्रिय हो, जसको स्थापना सन् २०१४ मा भएको थियो । नेपाल र अन्य देशहरूबीच जनस्तरको सम्पर्कलाई बढावा दिनुका साथै नेपालको व्यापार र पर्यटन उद्योगलाई टेवा पु¥याउनु नै यस एअरलाइन्स्का मुख्य दुई उद्देश्यहरू हुन् । यस कम्पनीको चिनियाँ साझेदारका रुपमा तिब्बती नागरिक उड्डयन विकास तथा लगानी कम्पनी लिमिटेड र स्थानीय नेपाली साझेदारका रूपमा यती वल्र्ड इन्भेस्टमेन्ट प्रा. लि. रहेका छन् ।

हिमालय एअरलाइन्स्सँग हाल ४ वटा विमानहरू छन्, तीन एयरबस ३२०–२१४ (१८० मितव्ययी सीटहरू) र एक एयरबस ३१९–११५ (१४४ मितव्ययी सीटहरू) रहेका छन् । हिमालय एअरलाइन्स्ले हाल मध्यपूर्व र दक्षिण एशियाका प्रमुख राष्ट्रहरू – संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्