Logo

युरोकपमा टिसीएलको क्यास व्याक योजनालाई निरन्तरता, सिमित अवधिका लागि लागु

युरोकपमा टिसीएलको क्यास व्याक योजनालाई निरन्तरता, सिमित अवधिका लागि लागु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । टिसीएल ब्राण्डले तेस्रो पटक पनि क्यास व्याक योजनालाई निरन्तरता दिएको छ । युरो कप २०१६ को अवसरमा यो अफर जेष्ठ ३० देखि सिमित अवधिको लागि मात्र लागु गरिएको छ ।

यो ब्राण्डको सबै प्रकारका १९ इन्चको एलइडी टिभीदेखि ५५ इन्चको कर्भड्एलइडी टिभि खरिद गर्ने सम्पूर्ण ग्राहकले रु.२ हजार २ सय देखि रु.२२ हजार ५ सयसम्म नगद प्राप्त गर्न सक्ने बताइएको छ । टिसिएलले उच्च प्रविधी र गुणस्तरले गदा विश्वको तेस्रो ठूलो व्राण्डको उपाधि पाएको बताइएको छ ।

साथै यसले प्राविधिक उत्कृष्टता विशेषता समेत हासिल गरेको छ । टिसीएलका कन्ट्री सेल्सम्यानेजरले उच्च गुणस्तरको सुविधा भएको टिसीएल मार्फत खेल हेर्नको लागि सुझाब दिएका छन् ।

यो ग्राहक योजना नेपालभर जेष्ठ ३० देखि सिमितअवधिको लागि मात्र लागु गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL