Logo

सुनको मूल्य लगातार ओरालो, छ दिनमै प्रतितोला २२ सयको गिरावट

सुनको मूल्य लगातार ओरालो, छ दिनमै प्रतितोला २२ सयको गिरावट



काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आईरहेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार नेपाली बजारमा पछिल्लो ६ दिनमै सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटिसकेको छ ।

गत आईतबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घटेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा पुगेको हो ।

महासंघका अनुसार आज बिहीबारको तुलनामा भने सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । नेपाली बजारमा बिहीबार सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै चाँदीको मूल्य पनि पछिल्लो ६ दिनको अवधिमा १ सय १० रुपैयाँले ओरालो लागेको छ । गत आईतबार प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको चाँदी शुक्रबारसम्म घटेर प्रतितोला १३ सय ३५ रुपैयाँमा पुगेको हो ।

बिहीबारको तुलनामा शुक्रबार भने चाँदीको मूल्यमा २५ रुपैयाँको गिरावट आएको छ । बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्