Logo

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त, कार्यकाल चार वर्ष रहने

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको उपकुलपतिमा डा. बस्नेत नियुक्त, कार्यकाल चार वर्ष रहने



काठमाडौं, ८ असार । डा।भूपेन्द्र बस्नेत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को उपकुलपतिमा नियुक्त भएका छन् । न्याम्सका निमित्त उपकूलपतिसमेत रहेका डा बस्नेतलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार उपकुलपतिमा नियुक्त गरेका हुन् ।

स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उप कुलपतिका नियुक्ति भएका बस्नेतसँग अन्य ११ जना प्रतिस्पर्धी रहेका थिए ।

कांग्रेस निकट डा. बस्नेत यसअघि दुई पटक वीर अस्पतालको निर्देशकको जिम्मेबारीमा थिए । उपकुलपतिको कार्यकाल चार वर्ष रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL