Logo

घट्यो श्रीलङ्काको मुद्रास्फीति, मे महिनामा २२.१ प्रतिशतमा सीमित

घट्यो श्रीलङ्काको मुद्रास्फीति, मे महिनामा २२.१ प्रतिशतमा सीमित



काठमाडौं । श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२।१ प्रतिशतमा झरेको छ । राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको छ ।

एनसीपीआईका अनुसार अप्रिलको मुद्रास्फीति ३३।६ प्रतिशत थियो । खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७.१ प्रतिशतको तुलनामा मे महिनामा १५.८ प्रतिशतमा झरेको छ । गैर–खाद्य समूहको मुद्रास्फीति वैशाखमा ३९ प्रतिशतबाट घटेर मे महिनामा २७.६ प्रतिशतमा पुगेको छ ।

श्रीलङ्काको केन्द्रीय बैंकले अनुमानित गिरावटको मुद्रास्फीति प्रवृति सन् २०२३ सम्म जारी रहने अपेक्षा गरेको छ । सन् २०२३ को अन्त सम्ममा एकल–अङ्कको तथ्याङ्कमा प्रचलित उच्च मुद्रास्फीतिलाई ल्याउने अपेक्षा गरिएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्