Logo

विद्युत प्राधिकरणका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्धा, १ करोड ४२ लाख विगो दावी

विद्युत प्राधिकरणका इन्जिनियरविरुद्ध भ्रष्टाचारको मुद्धा, १ करोड ४२ लाख विगो दावी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा नेपाल विद्युत प्राधिकरणका तत्कालीन मेकानिकल इन्जिनियर कृष्ण प्रसाद यादवविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ । उनले स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्धा दायर गरेको हो ।

उनले प्राधिकरण अन्तर्गत विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा स्रोत नखुलेको १ करोड ७१ लख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा आर्जन गरेको अख्तियारले जानकारी दिएको छ ।

यस अवधिमा उनको ब्यय (खर्च तथा लगानी) तर्फ ३ करोड १३ लाख ९८ हजार ५ सय ३४ रुपैयाँ ९० पैसा खर्च तथा लगानी गरेको देखिन्छ । जसमा कुल खर्च र सोही अवधिको आयव्ययको विवरण अनुसार स्रोत खुल्न आएको वैध आय एक करोड ७१ लख ४६ हजार ४४ रुपैयाँ ४९ पैसा रहेको अख्तियारले जनाएको छ ।

उनको १ करोड ४२ लाख ५२ हजार ५५० रुपैयाँ ४१ पैसाको स्रोत खुल्न नसकेको हो । उक्त पैसा बराबरकै मागदावीसहित आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्