Logo

जस्तो सुकै सजाय भोग्न तयार छु तर आदिपुरुष चल्न दिन्न : बालेन

जस्तो सुकै सजाय भोग्न तयार छु तर आदिपुरुष चल्न दिन्न : बालेन



काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन)ले पुनः काठमाडौं महानगरपालिकाभित्रका सिनेमा हलहरुमा भारतीय फिल्म ‘आदिपुरुष’ चल्न नदिने बताएका छन् । उनले आफ्नो सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै देशको सार्वभौमिकताका लागि कुनै कानुन र अदालत नमान्ने बताएका हुन् ।

आदिपुरुषमा जानकी भारतकी छोरी हुन् भन्ने संवादको विरोध गर्दै उनले काठमाडौ महानगरपालिकाका हलमा उक्त फिल्म चल्न नदिने घोषणा गरेका थिए । सोही घोषणा विरुद्ध हल संचालकहरुले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतले हलमा फिल्म चल्न दिन आदेश जारी गरेकाे छ ।

सोही आदेशका विरुद्ध उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवालमा कुनै कानुन र अदालतलाई नमान्ने बताएका हुन् । ‘फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सके पछि उनिहरु को नियत थाहा हुन्छ,’ उनले भनेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुजिन्छ ।’ ‘यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’ उनले अगाडी भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL