काठमाडौं । पूर्व बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । बिहीबार रास्वपाको पार्टी कार्यालयमा पार्टी एक बर्ष पुगेको अवसरमा आयोजित पार्टी स्थापना दिवश कार्यक्रममा उनी पार्टीमा प्रवेश गरेका हुन् ।
उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको बताईएको छ । उनलाई पार्टी सभापति रवि लामिछानेले स्वागत गरेका छन् । यसका लागि दिउँसो १ बजेदेखि ५ बजेसम्म चियापान कार्यक्रम राखिएको बताईएको छ ।