Logo

घट्यो हवाईभाडा, कहाँ पुग्न कति ?

घट्यो हवाईभाडा, कहाँ पुग्न कति ?



काठमाडौं । नेपालमा हवाई इन्धनको मूल्य घटेसँगै वायु सेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर पनि घटाएका छन्। नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएको थियो । सोही अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्बन्धित वायुसेवालाई बुधबारदेखि लागू हुने गरी भाडादर घटाउन निर्देशन दिएको छ।

यसरी भाडादर घटेपछि अब काठमाडौं–नेपालगञ्जको भाडादर ४ हजार ८९० रूपैयाँ, काठमाडौं–धनगढीको ६ हजार ६ सय २५ रूपैयाँ, काठमाडौं–तुम्लिङटारको २ हजार ७ सय ६५ रूपैयाँ कायम भएको छ । यस्तै काठमाडौं–सिमराको १ हजार ३ सय ५० रूपैयाँ, काठमाडौं–सुर्खेत ५ हजार १ सय ८५ रूपैयाँ र काठमाडौं–राजविराज रूटको भाडादर १ हजार ६ सय ६५ रूपैयाँ तोकिएको छ।

यसरी भाडा घट्दा सबैभन्दा बढी भाडा पोखरादेखि विरगंजको भाडादर ३ सय ५५ रुपैयाँले घट्दा सबैभन्दा कम काठमाडौं सिमराको भाडादर ९० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL