Logo

काठमाडौं भित्रका प्रत्येक बसपार्कलाई सार्वजनिक फल्चाका रुपमा विकास गरिने, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

काठमाडौं भित्रका प्रत्येक बसपार्कलाई सार्वजनिक फल्चाका रुपमा विकास गरिने, यस्तो छ नीति तथा कार्यक्रम (पूर्णपाठसहित)



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं भित्रका प्रत्येक बस स्टपलाई परम्परागत स्वरुपको फल्चामा रुपान्तरण गरिने बताएको छ । बुधबार महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र शाहले यस्तो बताएका हुन् । यस्तै महानगरपालिकाको नीति तथा कार्यक्रममा बसस्टप रहेकोस्थानहरुमा जग्गा उपलब्ध भएसम्म सार्वजनिक शौचालय, खानेपानी तथा फ्रि वाइफाई जडान गरिने समेत उल्लेख छ ।

महानगरपालिकाले आफ्नो भवन नभएका वडा कार्यालयहरुको भवन निर्माण गर्ने र महानगरपालिकाका सम्पूर्ण सडकहरुलाई आगामी तीन वर्षभित्र गुणस्तरीय पक्की सडकमा रुपान्तरण गर्न र सडकपेटीको स्तरोन्नतिका लागि धुलो रहित काठमाडौँ गौरवको योजना तर्जुमा गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्