Logo

उपहारमा नयाँ प्रयोग : छोराको पास्नीमा उपहारस्वरूप बीमा पोलीसी

उपहारमा नयाँ प्रयोग : छोराको पास्नीमा उपहारस्वरूप बीमा पोलीसी



काठमाडौं । पछिल्लो समय कुनै शुभ अवसरमा दिईने उपहार प्रवृत्तिमा परिवर्तन गरिँदै आएको छ । सोही अनुसार मधुवन नगरपालिका – ८ बस्ने बल बहादुर थापा मगर र कर्नि कुमारी सिजाली मगरको जोडीले आफ्नो छोराको पास्नीमा बीमा पोलिसी उपहार दिएका छन् । उनीहरुले भविष्यमा चाहिने पढाइ खर्चको व्यवस्थापनको लागि ५ लाखको जीवन बीमा पोलिसी उपहार आफ्ना छोरा बिहान मगरलाई उपहारस्वरुप दिएका हुन् ।

उक्त पोलिसी रिलायबल लाईफ इन्स्योरेन्स भुरिगाउँ शाखा कार्यालयकी अभिकर्ता प्रमिला ढकालको सहकार्यमा भुरिगाउँ शाखाका शाखा प्रमुख मोहन बहादुर बोहराले घरमै पुगेर बीमा पोलिसी हस्तन्तरण गरेका थिए ।

कम्पनीले सुबिधा सम्पन्न बीमा योजना रिलायबल सुलभ बाल जीवन बीमा प्लसमा बच्चाको बीमा गर्दा आमा अथवा बावुको लागि पनि अतिरिक्त लिन मिल्ने सुबिधाहरु रहेका छन् । जसमा घातक रोग सुबिधा , अशक्त अपागं भत्ता सुबिधा , साथै दुर्घटना मृत्युमा एकमुष्ठ इच्छ्याएको ब्यक्तिले पाउने सुबिधा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL