काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य समायोजन गरेको छ । हवाई इन्धनको नयाँ मूल्य समायोजन गर्दै प्रति लिटर १० रुपैयाँले कम गराएको निगमले जनाएको छ ।
निगमले आन्तरिकतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति लिटर १० रुपैयाँ घटाएर १५० रुपैयाँ प्रतिलिटर बनाएको छ । साथै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा साबिकको बिक्री मूल्यमा प्रति किलोलिटर २ सय अमेरिकी डलर घटाएको छ ।
मूल्य समायोजन पश्चात् भारतको कोलकाताको हवाई इन्धन (आन्तरिकतर्फ) को बिक्री मूल्यको तुलनामा काठमाडौँमा बिक्री गरिने मूल्य प्रति लिटर ३।६९ रुपैयाँले सस्तो रहेको निगमले जानकारी दिएको छ ।