Logo

बालेन प्रभाव : ४ सय ६५ निजी विद्यालयले दिए १३ हजार विद्यार्थीलाई छात्रवृत्ति, विवरण नबुझाउनेलाई १ लाख जरिवाना

बालेन प्रभाव : ४ सय ६५ निजी विद्यालयले दिए १३ हजार विद्यार्थीलाई छात्रवृत्ति, विवरण नबुझाउनेलाई १ लाख जरिवाना



काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र संचालित ५ सय ४ निजी विद्यालयमध्ये ४ सय ६५ विद्यालयले छात्रवृत्ति विवरण बुझाएका छन् । यसअघि काठमाडौं महानगरपालिकाले निजी विद्यालयलाई कानुनमा तोकेबमोजिम विद्यार्थीलाई छात्रवृत्ति दिन निर्देशन दिएको थियो । सोही अनुसार हालसम्म ४ सय ६५ विद्यालयमा लक्षित वर्गका १३ हजारभन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेको महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बताए ।

उनले अुनसार उक्त १३ हजार विद्यार्थीको विवरणमाथि निरीक्षण गरी सो सूची प्रकाशित गरिने पनि बताएका छन् । हालसम्म विवरण नपठाएका विद्यालयहरूलाई भने १ लाख रुपैयाँसम्म जरिवाना तिराएर थप एक पटक विवरण बुझाउने मौका दिइने उनको भनाई छ ।

त्यसपश्चात् पनि विवरण नबुझाएमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५७ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द गर्ने गरी कारबाही गरिने उनले आफ्नो सामाजिक संजाल फेसबुकमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL