Logo

भ्रष्टाचार मुद्धामा चुडामणि शर्मासहित तीन जनालाई ९ बर्षको जेल सजाय, ४ अर्व १० कराेड जरिवाना

भ्रष्टाचार मुद्धामा चुडामणि शर्मासहित तीन जनालाई ९ बर्षको जेल सजाय, ४ अर्व १० कराेड जरिवाना



काठमाडौं । विशेष अदालतले भ्रष्टाचार मुद्धामा ३ जनालाई ९ बर्षको कैद सजाय सुनाएको छ । मंगलबार विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अदालतले उक्त सजाय सुनाएको हो ।

यस्तै उनीहरुलाई ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँको जरिवानासमेत सुनाईएको छ । उनीहरूलाई उक्त इजलासले गत जेठ १८ गते दोषी ठहर गरिसकेको छ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेका दुई मुद्दामा उनीहरूलाई कसुर सजाय गरेको हो। गैरकानुनी सम्पत्ति आर्जन गरेको अर्को मुद्दामा भने उनीहरूलाई सफाइ दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
MBL