Logo

शुक्रबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, प्रश्न आज साँझभित्रै पठाईसक्नुपर्ने

शुक्रबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, प्रश्न आज साँझभित्रै पठाईसक्नुपर्ने



काठमाडौं । प्रतिनिधि सभामा आगामी शुक्रबार प्रधानमन्त्रीसँग सांसदहरुको प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम आगामी शुक्रबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम निर्धारण गरिएको सभामुख देवराज घिमिरेले बताए ।

प्रश्नोत्तर कार्यक्रमका लागि प्रतिनिधिसभा सदस्यहरुलाई वर्णानुक्रम अनुसार हरेक समूहमा १५ जना सदस्य रहने गरी १७ वटा समूहमा विभाजन गरिएको छ । यो महिना समूह १ मा रहेका सांसदहरुले मात्र प्रश्न सोध्न पाउनेछन् । सांसदहरुले प्रश्न सोध्नका लागि मंगलबार नै पाँच बजेभित्र प्रतिनिधिसभाको सचिव समक्ष आफ्नो प्रश्न लिखित रुपमा बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL