Logo

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको छ ।

यो अघिल्लो दिन सोमबारको तुलनामा २ सयले कम हो । सोमबार नेपाली बजारमा सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै आज नेपाली बजारमा चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले ओरालो लागेको छ । नेपालमा चाँदी सोमबार प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भईरहेकोमा आज घटेर प्रतितोला १४ सय ३० रुपैयाँमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्