Logo

आनको १६ वार्षिक साधारणसभा, तत्काल ‘क्लिनफिड’ नीति आउने सञ्चारमन्त्रीको दावी

आनको १६ वार्षिक साधारणसभा, तत्काल ‘क्लिनफिड’ नीति आउने सञ्चारमन्त्रीको दावी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सुचना तथा संचार मन्त्री शेरधन राईले ‘क्लिनफिड’ नीतिलाई तत्काल कार्यान्वयनमा ल्याइने बताए । ‘क्लीनफिड नीति नहुदा नेपालका विज्ञापन एजेन्सी समस्यामा परेका छन्,’ नेपाल विज्ञापन संघ (आन)को १६ औं वार्षिक उत्सवको अवरमा उनले भने, ‘हाल नीतिको मस्यौदा तयार भएको र उक्त नीति कार्यान्वयनमा आएसँगै विज्ञापन एजेन्सीका समस्या समाधान हुनेछ ।’ साथै विज्ञापन सम्बन्धी ऐन नियमपनि चाडैनै ल्याइने उनको भनाइ छ ।

कार्यक्रममा आनका पूर्व अध्यक्ष भाष्करराज कर्णिकारले क्लीनफिड नीति लागू भएमा नेपालको विज्ञापन बजारमा साढे २ अर्ब रुपैयाँले बढ्ने बताए । यसलाई सरकारले चाडोभन्दा चासो कार्यान्वयनमा ल्याउनुपर्ने बताए । साथै नेपालको विज्ञापन बजार अव्यवस्थित भएको भन्दै त्यसलाई व्यवस्थित बनाउन विज्ञापन काउन्सिल नै गठन गर्नुपर्ने उनको माग थियो ।

यसैगरी, आनका अध्यक्ष सन्तोष श्रेष्ठले डविङ विज्ञापन रोकेर स्वदेशमै बनाउन पाउनुपर्ने बताए । यसैगरी सरकारले छिटोभन्दा छिटो विज्ञापन नीति ल्याउन आग्रह गरे । हाल आनले विभिन्न खालका सामाजिक क्रियाकलाप गर्दै आएको र आगामी दिनमा पनि यसलाई सक्रिय रुपमा अघि बढाइने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL