Logo

स्थानीय तहले उठाउने बहाल करमा संघ सरकारले आँखा लगायो : बालेन

स्थानीय तहले उठाउने बहाल करमा संघ सरकारले आँखा लगायो : बालेन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले स्थानीय तहले उठाउने घरबहाल करमा आँखा लगाएको आरोप लगाएका छन् । संविधानले नै व्यवस्था गरेको स्थानीय तहले उठाउनुपर्ने घरबहाल कर संघ सरकारले उठाईदिँदा करदाता र स्वयं महानगरपालिका नै अप्ठ्यारोमा परेको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्राकृतिक स्रोत र वित्त आयोगलाई पत्र लेखेरै यसमा सहजीकरण गरिदिन आग्रह गरेको छ । पत्रमा संघीय सरकारले पनि काठमाडौं महानगरपालिकाभित्रका ठुला करदाताबाट घरबहाल कर उठाईदिँदा करदाताहरु दोहोरो करको मारमा परेको र महानगरले पाउनुपर्ने करिव १ अर्ब ४३ करोड ४० लाख रुपैयाँ पाउन नसकेको उल्लेख छ ।

यस बिषयमा मेयल बालेनले पनि संघ सरकारले स्थानीय सरकारले उठाउनुपर्ने बहाल करमा आँखा नलगाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL