Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा सामान्य गिरावट



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर प्रतितोला १४ सय ४० रुपैयाँमा पुगेको छ । नेपाली बजारमा सोमबार चाँदी प्रतितोला १४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्