Logo

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल आजपनि जारी रहने, कुन-कुन मन्त्रालय छन् कार्यसूचीमा ?

प्रतिनिधिसभामा बजेटमाथि मन्त्रालयगत छलफल आजपनि जारी रहने, कुन-कुन मन्त्रालय छन् कार्यसूचीमा ?



काठमाडौं । प्रतिनिधिसभाको बैठक आजपनि बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेवाट सुरू हुनेछ । आजको बैठकमा विनियोजन विधेयक २०८० माथी छलफल जारी रहनेछ ।

जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथीको बजेटमा छलफल हुनेछ।

प्रतिनिधिसभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्