काठमाडौं । रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले यस वर्षको रोटरी पत्रकारिता पुरस्कार विभिन्न ६ पत्रकारलाई दिने घोषणा गरेको छ । जसमध्ये आर्थिक पत्रकारमा कारोवारकर्मी राधिका ढकाललाई दिने घोषणा गरेको छ ।
त्यस्तै शिक्षा पत्रकारतिामा सुदर्शन सिग्देल, स्वास्थ्यमा सजिला सिंह, प्रमोदकुमार टण्डन, वातावरण, सिर्जना अर्याल, महिला र मूलधार पत्रकारितामा हरिशरण लामिछाने पुरस्कार पाउने भएका छन् ।
पुरस्कृत पत्रकारलाई विभिन्न विधागत पत्रकार संस्थाको सिफारिसमध्येबाट निर्णायक समितिले चयन गरी घोषित गरिएको बताइएको छ । यही जुन १७ गते दिइने सो पुरस्कारको राशि जनही रु २५ हजारको छ ।