Logo

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता, विदेशमा रहेका नेपालीले समेत योगदान गर्न सक्ने

नागरिक लगानी कोष र खल्तीबीच सम्झौता, विदेशमा रहेका नेपालीले समेत योगदान गर्न सक्ने



काठमाडौं। नागरिक लगानी कोष र डिजिटल वालेट खल्तीबीच सम्झौता भएको छ । नागरिक लगानी कोषबाट सञ्चालन गरिएको योगदानमा आधारित नागरिक पेन्सन कोष योजनामा योगदान रकम संकलनको गर्ने सम्बन्धमा आईतबार दुई निकायबीच सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र खल्तीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हस्ताक्षर गरेका हुन् । सम्झौताले कोषबाट सञ्चालित नागरिक पेन्सन कोष योजनामा स्वदेश तथा विदेशमा रहने स्वरोजगार नेपाली नागरिकहरुलाई आवद्धता गराई रकम संकलन गर्न सहयोग पुर्याउने छ ।

यो सँगै आर्थिक वर्ष २०८०/८१ को बजेटमा नागरिक पेन्सन कोष योजना सञ्चालन गर्ने उल्लेख भएकोले उक्त सम्झौताले यस कार्यक्रममा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL