Logo

बैंकर संघ र आइआइएनबीच सम्झौता, वित्तीय क्षेत्रका कर्मचारीलाई सामाजिक सुशासनको ज्ञान दिईने

बैंकर संघ र आइआइएनबीच सम्झौता, वित्तीय क्षेत्रका कर्मचारीलाई सामाजिक सुशासनको ज्ञान दिईने



काठमाडौं । नेपाल बैंकर संघ तथा इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) बीच सम्झौता भएको छ । आईतबार एक कार्यक्रमका बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (इएसजी)मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गर्नका लागि दुई निकायबीच सम्झौतापत्र (एमओयु)मा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता अनुसार नेपालमा कार्यरत वित्तीय क्षेत्रका जनशक्तिलाई स्पेनको वार्सिलोनामा अवस्थित युनिभर्सिटी अफ पोम्पेउ फाब्रा बार्सिलोना स्कूल अफ म्यानेजमेन्टको वातावरणीय, सामाजिक र सुशासनमा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा संचालन गरिने छ ।

सो कार्यक्रमले नेपालको वित्तीय क्षेत्रमा इएसजी सम्बन्धित विषयमा बैंक तथा वित्तीय संस्थाहरुको कर्मचारीको क्षमताको अभिवृद्धि गर्दै दक्ष जनशक्ति उत्पादनमा सहयोगी भूमिका निभाउने विश्वास लिईएको छ ।

सम्झौता पत्रमा बैंकर संघका अध्यक्ष सुनिल केसी र आइआइएनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विवेक श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्