Logo

भोलीदेखि काठमाडौंका हलमा बालेनले भारतीय फिल्म चल्न नदिने, हटेन ‘आदिपुरुष’को विवादित अंश

भोलीदेखि काठमाडौंका हलमा बालेनले भारतीय फिल्म चल्न नदिने, हटेन ‘आदिपुरुष’को विवादित अंश



काठमाडौं । काठमाडौं‌ महानगरपालिकाले सोमबार देखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन रोक्ने बताएको छ । ‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने निर्णय गरिएको कामपना मेयर बालेन्द्र शाह बालेनले आफ्नो फेसबुकमार्फत बताएका छन् ।

यस्तै उनले गत शुक्रबार नै सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरिसकेका छन् ।

तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट नहटाएपछि भारतीय पक्षलाई दवाव दिन भोलीदेखि कुनै पनि भारतीय फिल्म काठमाडौं महानगरपालिकामा नचलाउने निर्णय गरिएको उनको भनाई छ । उनले यसले विश्वभर उक्त फिल्मप्रति नकारात्मक भावना पैदा हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL