काठमाडौं । कृषि विकास बैंकले ६७ जना अधिकृतको लागि आवेदन फारम खुल्ला गरेको छ । बैंकले आइतवार सूचना प्रकाशन गर्दै आवेदन खुल्ला गरेको हो ।आइतवार बाट २१ दिनसम्म र पुनः एक साता दोबर दस्तुर बुझाएर बैंकको केन्द्रीय कार्यालय सिंहदरबार फारम भर्न सकिने बताइएको छ ।
बैंकले ११ जना लेखा अधिकृत, ६ जना कम्पुटर अधिकृत, कानुन अधिकृत १० जना र ४० जना व्यवसायी अधिकृतको लागि आवेदन फारम खुलाएको हो।