Logo

एमाले सरकारमा नहुदाँ अर्थतन्त्र निरन्तर ओरालो लाग्यो : एमाले अध्यक्ष ओली

एमाले सरकारमा नहुदाँ अर्थतन्त्र निरन्तर ओरालो लाग्यो : एमाले अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनका कारण मुलुकको अर्थतन्त्र ओरालो लागेको बताएका छन् ।

शनिबार एमाले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको नाममा राजनीति मात्रै भएको तर मुलुकका अर्थतन्त्र उकास्ने बारेमा कुनै कार्य नभएकोसमेत उनले बताएका छन् । सो प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफनो पालामा झन्डै ८ प्रतिशत बद्धीको स्तरमा पुगेको अर्थतन्त्र त्यसपछि निरन्तर ओरालो लाग्न सुरु भएकोसमेत ओलीले बताएका छन् ।

आफु सरकारबाट हटे पछि बितेका २ वर्षमा अर्थतन्त्र निरन्तर ओरालो लागेकोसमेत दावी गरेका छन् । ‘एमालेले सरकार छाडेपछि अर्थतन्त्र सुधार र देश विकासभन्दा पनि जनताबाट कसरी एमाले र एमालेका नेतृत्वलाई अलग्याउन सकिन्छ भनेर षडयन्त्र र विरोधमा लागेका छन् ।

एमाले विरुद्धमा लागेर प्रतिफल कहाँ आउँछ ?’ उनले भने, ‘अहिले अर्थतन्त्रको अवस्था दिन प्रतिदिन निरन्तर ओरालो लागेको छ। गठबन्धनले जनतालाई अल्मल्याएका छन्, भ्रम पारेका छन्।’

प्रतिक्रिया दिनुहोस्
MBL