Logo

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्णसहित १६ जना थुनामा, २ जना धरौटीमा रिहा

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्णसहित १६ जना थुनामा, २ जना धरौटीमा रिहा



काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । शुक्रबार न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण, टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको हो ।

यसअघि यी दोषीहरुसँग दुई साता लामो थुनछेक बहस गरिएको थियो । त्यसमध्ये लक्ष्मी महर्जनसहित दुई जना भने धरौटीमा रिहा भएका छन् । जसमध्ये मर्हजनलाई ५ लाख र टंक कुमार गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL