Logo

बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट, के के छन् प्राथमिकतामा ?

बागमती प्रदेशले ल्यायो ६२ अर्ब ७० करोडको बजेट, के के छन् प्राथमिकतामा ?



काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह लामाले प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् ।

बजेट प्रस्तुत गर्दै लामाले चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ र पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँको बजेट ल्याएको बताएका छन् ।

बागमती प्रदेशले वित्तीय व्यवस्थातर्फ ५० करोड विनियोजन गरेको छ । कुल विनियोजनमध्ये चालु तर्फ ४२.५८ प्रतिशत, पूँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत विनियोजन गरेको छ ।

बागमती प्रदेश सरकारले बजेटको प्राथमिकतामा प्रदेशको उत्पादन र उत्पादकत्व अभिवृद्धि गरी दिगो आर्थिक वृद्धि हाँसिल गर्न, प्राकृतिक स्रोतको संरक्षण र उपयोग गर्ने, सरकारी खर्चमा मितव्ययीता अपनाउनेलगायतका बुँदाहरु समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL