Logo

बालेनसिहत ३ जनालाई प्राधिकरणले सोध्यो स्पष्टिकरण, ‘कारबाही किन नगर्ने ?’

बालेनसिहत ३ जनालाई प्राधिकरणले सोध्यो स्पष्टिकरण, ‘कारबाही किन नगर्ने ?’



काठमाडौं । नेपाल नागरिक उड्यन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)सहित ३ जनालाई स्पष्टिकरण सोधेको छ । प्राधिकरणले त्रिभुवन विमानस्थलको निषेधित क्षेत्रभित्र गई तारजाली हटाएको भन्दै मेयर बालेन, महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नं ९ का अध्यक्ष रामजी भण्डारीलाई कारबाही किन नगर्ने भन्दै स्पष्टिकरण सोधेको हो ।

महानगरको टोलीले विमानस्थलको भवन बनाइरहेको क्षेत्रमा लगाइएको तारबार हटाएको थियो भने निर्माण रोक्न पनि निर्देशन दिएको थियो । उड्डयन प्राधिकरणले भने निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी नदिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL