काठमाडौं । पिपुल्स हाईड्रोको संचालकमा केशव भण्डारीसहित दुई नयाँ संचालक चुनिएका छन् । आगामी साेमबार हुन लागेकाे साधारण सभाबाट उक्त दुई पदका लागि निर्वाचन तय भएको थियो । तर, दुई पदमा दुबै जनाको मात्रै उम्मेदवारी परेपछि दुबैजना सेयरधनीको तर्फबाट निर्विरोध संचालक पदमा निर्वाचित भएका हुन् ।
उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्म ३ जनाको उम्मेदवारी परेपनि कृष्ण प्रसाद अधिकारीले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।