काठमाडौं । जस्मिन पेन्ट्स प्रालिको झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ । जस्मिन पेन्ट्सका प्रतिनिधि नवाङ शेर्पा(माइला)ले जस्मिनको लोगो अंकित झण्डा सगरमाथामा फहराएका हुन् ।
विश्वकै इतिहासमा रंग उद्योग क्षेत्रको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखरको चुचुरो सम्म पुग्ने जस्मिन पेन्ट्स नै पहिलो भएको कम्पनीको दावी छ ।
विगतमा पनि यस कम्पनिले सामाजिक प्रतिष्ठाका कार्यहरु गर्दै आएको छ । महाभुकम्प पछिको पुर्ननिर्माणमा पनि महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको बताइएको छ ।