Logo

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला ८ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ११ हजार रुपेयाँमा कारोबार भईरहेको सुनको मूल्य शुक्रबार बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ । बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्