Logo

यसपालीको मनसुनमा साढे १२ लाख नागरिक प्रभावित हुने, विपद् कोषमा छ अर्ब मौज्दात

यसपालीको मनसुनमा साढे १२ लाख नागरिक प्रभावित हुने, विपद् कोषमा छ अर्ब मौज्दात



काठमाडौं । नेपाल सरकारको विपद् व्यवस्थापन कोषमा ६ अर्ब रुपैयाँ रहेको छ । उक्त कोषको रकम विपद्जन्य घटनाको उद्धार, अस्थायी बसोबास, खाद्यान्न, आर्थिक सहायतालगायतमा खर्च हुन्छ ।

तोकिएका बाहेकको क्षेत्रमा यसको रकम खर्च गर्न नपाइने कानुनी व्यवस्था छ । कोषमा रहेको ६ अर्ब ३ करोड १२ लाख ९५ हजार रुपैयाँमध्ये सबैभन्दा बढी प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३ अर्ब १० करोड ६७ लाख १७ हजार रुपैयाँ मौज्दात रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।
यस्तै विपद् व्यवस्थापन कोषमा १ अर्ब ८१ करोड ८९ लाख ९० हजार रुपैयाँ छ । प्रदेश विपद् व्यवस्थापन कोषमा ५१ करोड ३३ लाख तथा जिल्ला विपद् व्यवस्थापन कोषमा ९ करोड २२ लाख ८८ हजार रुपैयाँ रकम रहेको जनाइएको छ । यसपालिको मनसुनमा १२ लाख ५० हजार नागरिक प्रभावित हुने अनुमान गरिएकाले सोहीअनुसार विपद् प्रतिकार्य योजना बनाइ लागू गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्